काठमाण्डौ / राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

आज बस्ने बैठकका २ वटा सम्भावित कार्यसूची तोकिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन २०७७ / ०७७ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोश्रो वार्षिक प्रतिवेदन २०७७ ०७७ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्तर्गत आज दोश्रो बैठक बस्न लागेको हो ।