बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो एकता महाधिवेशन गर्ने भएको छ । अध्यक्षत्रय सहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कार्तिक २७, २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकमा महाधिवेशनको तालिका परिमार्जन पारित गर्दै वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न गर्ने निर्णय भएको राप्रपाले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।

OM Sai Pathibhara Hospital

सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब्ध गराउने उल्लेख गर्दै प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन असोज २० गतेसम्म सक्दै असोज १५ सम्ममा प्रदेश कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका रहेको उक्त विज्ञप्तिमा उल्लेख भएको छ ।

पार्टीले देशको अराजक र तरल राजनैतिक अवस्थाप्रति गम्भिर चिन्ता प्रकट गर्दै अविरल वर्षाका कारणले भएको जनधनको क्षती भएको स्थानमा राहत समयमै उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गरेको छ ।