सर्लाही / सर्लाहीका रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको छ । बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेपाली काँग्रेसबाट निर्वाचित बर्र्माको हृदयघातका कारण मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्तवले बताए । ७० वर्षीय बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए ।