बिर्तामोड / नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।