विराटनगर  / भारतदेखि अवैध रुपमा ल्याएको  चिनीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको देवीगन्ज गाउँपालिका –२ का  ट्रक चालक २८ वर्षीय राजेश कुमार खत्वी रहेका छन् ।  

OM Sai Pathibhara Hospital

खत्वीलाई तस्करी भएर आएको ७० बोरा चिनीसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टबाट खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।  

विओपी बखरीले विराटनगर –६ ब्रम्हापुरादेखि अवैध चिनीसहित १ ख २१२९ नम्बरको मिनी ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए । 

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको रहेको छ । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

तस्करी भएर आएको चिनी सुनसरीको कप्तानगन्जका होलसेल पसलको कारोबार गर्ने अरविन यादवको रहेको स्रोतले जानकारी दिएको छ । प्रहरीले नियन्त्रणमा लिएको ट्रक  देवगन्ज –२ का विसनदेव मेहताको रहेको खुलेको छ ।  चिनी लोड गरेर अमरडुवादेखि विराटनगर ल्याउने क्रममा सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।