सिराहा / १० वर्षदेखि निर्माणाधीन रहेको कमला नदीको सिराहा–धनुषा जोड्ने पुल भासिएको छ । बिहीबार नदीमा आएको बहावका कारण पुल दुई फिट भासिएको हो । 

पुलको १२ वटा स्पान र १३ वटा पायामध्ये सिराहा तर्फको दोस्रो पाया भासिएको छ । ०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभिले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । 

OM Sai Pathibhara Hospital

१० वर्षदेखि निर्माणाधीन पुल ९५ प्रतिशत काम मात्र पूरा भएको छ । पप्पु कन्स्ट्रक्सनले सात वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गर्दै आएको थियो । 

चार सय ७० मिटर लम्बाइ रहेको पुल साउनको दोस्रो साता उद्घाटन गर्ने भनिएको थियो ।