प्यूठान / प्युठानमा हेमन्त पुनमगरको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपानेका १७ र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका –१८ वर्षीय रेमबहादुर घर्ती रहेका छन् । 

प्यूठान नगरपालिका –१० नेपानेमा गत सोमबार बिहान हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।

OM Sai Pathibhara Hospital

हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

घाइते बस्नेतको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।