बिर्तामोड / होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले निषेधाज्ञा खुकुलो भएसँगै आफ्ना उत्पादनको स्कुटर तथा मोटरसाइकलको मूल्य बढाएको छ । नयाँ मूल्यसूची अनुसार कम्पनीले आफ्ना अधिकांश मोडलको मूल्य वृद्धि गरेको हो ।

होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी ड्रिम डीएलएक्सको मूल्यमा ३ हजार रुपैयाँले बढाएको छ । सिडी ड्रिमको बढेको मूल्य अनुसार ग्राहकले अब १ लाख ९१ हजार ९ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

OM Sai Pathibhara Hospital

त्यसैगरि कम्पनीले साइन र यूनिकर्नको मूल्य ४ हजार रुपैयाँका दरले बढाएको छ । बढेको मूल्य अनुसार सिबी साइन डीएसएसको २ लाख २९ हजार ९००, साइन एसपी–डीआरएसको २ लाख ३९ हजार ९००, साइन एसपी९डीएसएसको २ लाख ४९ हजार ९०० र सीबी युनिकर्न एसटीडीको २ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

होन्डाले सिबी साइन डीआरएसको मूल्यमा भने ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । मूल्य वृद्धिपछि सबैभन्दा कम मूल्यको साइन किन्ने ग्राहकले २ लाख १९ हजार ९ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । एक्सव्लेड र हर्नेटको मूल्य भने बढाएको छैन ।

होन्डाको सर्वाधिक विक्री हुने स्कुटर डियोको मूल्य ३ हजार रुपैयाँले बढेको छ । कम्पनीले बढाएको मूल्य अनुसार अब डिओ किन्ने ग्राहकले २ लाख १९ हजार ९ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । कम्पनीले अर्को स्कुटर एभिएटरको मूल्य पनि ३ हजार रुपैयाँले बढाएको छ । अब एभिएटर किन्ने ग्राहकले २ लाख २२ हजार ९ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

होन्डाको प्रिमियम स्कुटर सेग्मेन्टमा विक्री हुँदै आएको ग्राजियाको स्टायडर्ड भेरियन्टमा २ हजार र डिलक्स भेरियन्टमा ५ हजारले मूल्य बढेको छ । नयाँ मूल्य अनुसार ग्राजिया स्टायडर्डको मूल्य २ लाख २४ हजार ९०० र डिलक्स भेरियन्टको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ ।

होन्डा स्कुटर एक्टिभाको मूल्य सबैभन्दा धेरै ६ हजार रुपैयाँले वृद्धि भई २ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ । होन्डा नाभीको मूल्य भने बढाएको छैन ।