विराटनगर / नेपालबाट निर्यात हुने बस्तुको सुचीमा पहिलो नम्बरमा लामो समय रहेको र पछिल्लो समयमा भारतीय प्रतिबन्धका कारण निर्यात रोकिएको पाम तेलको निर्यात फेरि सुचारु हुने भएको छ । भारत सरकारको डाइरेक्टर जनरल अफ फरेन ट्रेडले बुधबार सूचना निकालेर नै पाम तेलको आयात खुला गरेको हो ।

तेस्रो मुलुक मलेसिया र इन्डोनेसियाबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारतका उद्योगीले भारत निर्यात गर्दै आएका थिए । एक वर्ष अघि अर्थात गत साल असारमा नै भारतले पाम तेलको आयातमा प्रतिवन्ध लगाएको थियो । प्रतिवन्ध हुन अघि नेपालबाट वार्षिक करिव २५ अर्ब रुपैयाँ बराबरको पाम तेल भारत निर्यात हुने गरेको थियो ।

एक वर्ष अघि भारत सरकारले तेस्रो मुलुकबाट आएको पाम तेललाई स्वदेशी उत्पादन बनाएर भन्सार छुट सुविधा साफ्टा सम्झौता उपयोग गरी नेपालले निर्यात गरेको भन्दै रोक लगाएको थियो ।

भारतले पाम तेल निर्यातमा रोक लगाएपछि नेपाली उध्योगिले तेस्रो मुलुकबाट कच्चा सोयाबिन तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । भारतीय उध्योगिले नेपालबाट आउने सोयाविन तेलले आफ्ना उद्योग समस्यामा परेको भन्दै आयात रोक्न माग गरिरहेको समयमा भारतले भने पाम तेलको आयात समेत खुला गरिदिएको छ ।

नेपालबाट भारतमा पाम तेल निर्यात गर्दा वस्तु तथा सेवा कर (जिएसटी) वापत १२ प्रतिशत कर लाग्ने गरेको छ । जीएसटी भारतीय खरिदकर्ताले तिर्ने व्यवस्था रहेकाले नेपाली उध्योगिले करमा छुट सुविधा लिने गरेका थिए । नेपालका दुई दर्जन उद्योगले तेस्रो मुलुकबाट ल्याएको कच्चा तेल प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् ।

प्रदेश एकका मात्रै एक दर्जन उद्योगले विगतमा पाम तेल भारत निर्यात गर्ने गरेका थिए । प्रतिबन्ध पछि हाल ति उद्योगले सोयाबिन तेल निर्यात गर्दै आएका छन् ।