बिर्तामोड / मेचीनगर नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई  ‘पहिलो जाति’ घोषणा गरेपछि धिमाल र राजवंशी समुदायले बिरोध गरेका छन् । गत असार १० गते नगरसभाले मेचे जातिलाई प्रथम जातिको मान्यता दिएको थियो । 

नगरसभाको निर्णय विरुद्ध धिमाल र राजबंशी समुदायले आपत्ति जनाउदै इतिहासको खोज र अनुसन्धान बिना गरिएको निर्णय आफ्नो समुदायलाई मान्य नभएको बताएका छन् । 

OM Sai Pathibhara Hospital

धिमाल जातीय बिकास केन्द्र र राजबंशी समाज विकास समिति मेचीनगरले सरोकारवालासँग समन्वय र विना अनुसन्धान गरिएको निर्णय अमान्य भएको बताएका छन् । 

मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर उनीहरुले यो विषयमा आपत्ति जनाएका छन ।