काठमाडौं / कङ्गोको बुदनामा नेपाली शान्ति सैनिकले शारी नदीको पुल मर्मत गरेको छ। तैनाथ सैनिक नं २४ फिल्ड गुल्म इन्जिनियर्स लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।

मर्मत कार्य सम्पन्न भएपछि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि साथै तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्।

OM Sai Pathibhara Hospital

हस्तान्तरण कार्यक्रमको अवसरमा देग्नेले पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आवतजावत गर्न सहज भएको बताउँदै नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्याइएको योगदानको उच्च प्रशंसा गरेका छन् ।

हतियारधारी समूहले जीर्ण पुलको फाइदा उठाउँदै स्थानीय बासिन्दालाई दुख दिने गरेको थाह पाएपछि निर्माणको कार्य अघि बढाईएको थियो ।