बारा  / बारामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जन रहेका छन् । 

निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका उनलाई बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेको थियो । 

OM Sai Pathibhara Hospital

सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।