विराटनगर / प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादीले आज पनि सदन अवरुद्ध गरेको हो ।
मन्त्रीले संसदमा दिएको अभिव्यक्ति फिर्ता लिनु पर्ने र माफि माग्नु पर्ने माग राख्दै माओवादीले सदन अवरुद्ध गर्दै आएको छ । मंगलबार बैठक सुरु भए लगत्तै सांंसदले विरोध जनाएपछि सभामुख प्रदीप भण्डारीले स्थगित गरेका छन् ।
मन्त्री कै अमर्यादित र अशोभनीय अभिव्यक्ति सदनमा आएकाले सरकारको समेत सो विषयमा धारणा आउनु पर्ने विपक्षी दलले माग गर्दै आएका छन् ।