बिर्तामोड / झापामा कोभिड –१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि जारी राख्ने र खुकुलो बनाउने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताएका छन् । 

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी मोटरसाइकल सोरुम, प्लास्टिक तथा मेसनरी पसलहरु बिहान ६ बजेदेखि ३ बजे सम्म संचालन गर्न  दिने  बैठकले निर्णय  गरेको  छ  । 

बैठकले सार्वजनिक सवारी साधन वाहेक नीजि सवारी साधन सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणलीबाट झापा भरी संचालन गर्न पाउने निर्णय गरेको छ । तर विद्यालय, जिम, सिनेमाघर, पार्क, स्विमिङ पुल, खेलकुद आदिमा संचालन गर्न भने रोक गर्ने निर्णय गरेको छ ।