लहान / जिल्ला अदालत सिराहाले स्वतन्त्र तराईको माग सहित हिंसात्मक आन्दोलनमा सकृय तराई जनतान्त्रिक मुक्ति मोर्चा (अक्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको छ ।
अदालतले ९२ वर्षीय गोइत सहित सोही सङ्गठनका अर्का नेता रामविलास यादवलाई पक्राउ गर्न आदेश दिएको हो । विकास कुमार सारडाको जाहेरीका आधारमा प्रहरीले चलाएको मुद्दामा अदालतले त्यस्तो आदेश दिएको हो । अदालतले ३५ दिनभित्र अदालतमा आफैं उपस्थित हुन र उनीहरु दुवैलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीलाई आदेश दिएको हो ।
गोइत र यादवलाई नेपाल प्रहरीले मष्ट वान्टेडको सुचीमा राखेर लामो समय देखि खोजी गरिरहेको छ । भारतमा बसेर तराईका जिल्लामा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको सो समुहका अधिकांश सदस्यलाई पक्राउ गर्न प्रहरी सफल बनेपनि गोइतलाई भने पक्राउ गर्न सकेको छैन ।
संचारकर्मीको समेत सम्पर्कमा नरहेका गोइतको अवस्थाका विषयमा भने प्रहरी समेत अनविज्ञ रहेको छ । केही वर्ष अघि सम्म भारतमा बसेर संचारकर्मी मार्फत आफ्ना कुरा राख्ने गरेका गोइत गुमनाम नै रहेका बेला अदालतले प्रहरीलाई पक्राउ गर्न आदेश दिएको हो ।