विराटनगर / प्रदेश एकका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बजेटका लागि भनसुन गर्न र भेटघाट गर्न सुझाव दिएका छन् ।

प्रदेश सभामा बोल्दै उनले बजेट नपाएको भनेर भन्ने सांसद प्रति लक्षित गर्दै त्यस्तो धारणा राखेका हुन् । उनले बजेट नपाएको भनेर भन्ने सांसदले आफ्नो मन्त्रालयका सचिव , आफू र मुख्यमन्त्रीसँग समन्वय नगरेको समेत जिकिर गरेका छन् ।

आफूले आफ्नो क्षेत्रमा भनसुन , भेटघाट र प्रभावित पारेर बजेट र योजना पारेको जिकिर गर्दै त्यसै गर्न सांसदहरूलाई सांकेतिक रुपमा सुझाव समेत दिएका छन् ।

प्रदेशसभामा बोल्ने क्रममा उनले आफ्नै गृहजिल्लाका अर्का सांसद मोहन कुमार खड्कालाई व्यक्तिगत रुपमा लान्छना लगाउने काम समेत गरेका छन् । खड्कामाथि व्यक्तिगत लान्छना लगाउन थालेपछि उनलाई रोक्न सभामुखले चारपटक सम्म रुलिङ समेत गर्नु परेको थियो ।

सांसद खड्कालाई सुध्रिन भन्दै उनले तीन वर्षसम्म आफ्नो योजना के भए भनेर नहेर्ने सांसद खड्का भिजन नभएको व्यक्ति भएको समेत आरोप लगाएका छन् । उनले भने – ‘तपाई सुध्रिएर आउनु होला, तपाईंसँग भिजन नै छैन । योजनाका लागि तपाईंले सचिवसँग समन्वय गर्नु पर्दैन रु मसँग समन्वय गर्नु पर्दैन रु मुख्यमन्त्रीसँग समन्वय गर्नु पर्दैन ?

सांसदमाथि मन्त्री नै गालीगलौजमा उत्रिएपछि जसपाका संसदीय दलका नेता जयराम यादवले नियमापत्ति पक्रट गरेका गरेका थिए । यादवको नियमापत्तिपछि मात्रै सभामुख भण्डारीले मन्त्रीविरुद्ध रुलिङ गरेका थिए ।

विधेयकको विषयगत छलफलका क्रममा शुक्रबार देखि भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजन बजेटमाथि छलफल भइरहेको छ । छलफलमा सहभागि अधिकांश सांसदले भौतिक पूर्वाधार विकास बजेटका विषयमा मन्त्री गुरुङको आलोचना गर्दै आएका थिए ।  

बैठकमा बोल्दै गुरुङकै गृहजिल्लाका सांसद मोहनकुमार खड्काले बजेटमा  ३७ करोड रुपैयाँ योजना विहीन रकम घुसाइएको र  मन्त्रीको क्षेत्रमा ५३ करोडको योजना लगेर अन्य क्षेत्रलाई वेवास्ता गरेको बताएका थिए ।