काठमाडौं  / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अस्थायी रुपमा मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । 

मुख्यमन्त्री पोखरेलले चार मन्त्री नियुक्त गरेका थिए । पोखरेलले मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय भने तोकेका थिएनन् । 

OM Sai Pathibhara Hospital

कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी, मधुमायाँ अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । 

स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकी मधुमाया अधिकारी गुरुङले भने आइतबार पदभार ग्रहण गरेकी छिन् । 

दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दवी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले जेठ २९ गते शपथ लिएका थिए । मुख्यमन्त्रीको शपथसँगै नियुक्त गरिएका अन्य चार मन्त्री विना विभागीय थिए ।