OM Sai Pathibhara Hospital

    काठमाडौं / युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् लगायतका सामग्रीहरु हस्तान्तरण गरेकी हुन् । 

    हस्तान्तरणका क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदुतको उपस्थिति थियो । राजदूत डि लुकाले कोरोना महामारीको बेला प्रदान गरिएको राहतले नेपालीहरुप्रति इटालीको सहयोग र ऐक्यबद्धताको स्रोत बन्ने विश्वास गरेको बताएकी छिन् ।