खोटाङ / खोटाङमा बुबाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माका २८ वर्षीय सुवर्ण राई रहेका छन् । 

उनलाई आज बिहान ५ बजे बुबा ७२ वर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ ।