सङ्खुवासभा / सङ्खुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका –६ स्वाङगेका ६५ वर्षीय लिला बहादुर कटुवाल रहेका छन् । 

हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र बानामा पुर्‍याउन साथ मृत्यु भएको थियो ।