बिर्तामोड / कर्णाली प्रदेश सभा सचिवालयले एमालेका तीन सांसदलाई निलम्बन गरेको छ । सचिवालयले शुक्रबार एमाले संसदीय दलको पत्रका आधारमा सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लागि निलम्बन गरिएको जनाएको छ । 

थापा, शाही र बूढा पहिला पनि निलम्बित भएका थिए । सर्वोच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरेको थियो । तीनै जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई  विश्वासको मत दिएका थिए । प्रदेश सरकारमा थापा भौतिक पूर्वाधारमन्त्री, शाही भूमी, कृषि तथा सहकारीमन्त्री र बूढा उद्योग, वन तथा वातावरणमन्त्री रहेका छन् । 

OM Sai Pathibhara Hospital

एमालेले सांसद सरकारबाट फिर्ता हुनुपर्ने माग राख्दै ११ दिनदेखि संसद् अवरुद्ध पार्दै आएको छ ।