काठमाडौँ / संसद विघटन विरुद्ध परेको रिट माथि निवेदकका तर्फबाट आज पनि सुनुवाई हुँदैछ । निवेदक पक्षले पाएको समयको आज अन्तिम दिन २९ जना कानुन व्यवसायी बहसमा सहभागि हुँने सर्वोच्च अदालत स्रोतले जानकारी गराएको छ ।
आज निवेदक तर्फका कानुन व्यवसायी मध्ये वरिष्ठ अधिवक्ताद्धय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेलले अन्य भन्दा बढि ३०–३० मिनेट समय पाएका छन् ।
प्रधानमन्त्रीको सिफारीसमा गत जेठ ७ गते संविधान विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको मिलेमतोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको दावी हुँदा हुँदै पनि प्रधानमन्त्री नबनाईएको भन्दै सर्वोच्चमा ३० वटा रिट निवेदन दायर भएको थियो ।
संसद विघटनको सो मुद्धाका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रंसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास बनाएको छ ।