बिर्तामोड /  बिर्तामोड नगरपालीकाले निषेधाज्ञाको मौका छोपेर प्रकृया नपुर्याई फोहोर मैला व्यवस्थापन र स्वास्थ्य विमा कार्याक्रम ठेक्का लगाएको भन्दै स्थानिय आन्दोलित भएका छन् ।

मिलेमतोमा प्रकृया पुरा नगरी लगाईएका ठेक्का खारेज गर्न माग गर्दै स्थानियले नगरपालिका परिसरमा प्रर्दशन गरेका छन् । नगरसभाको तयारी भईरहेको बेला स्थानियबासीले प्रदर्शन गरेपछि नगरसभा समेत अवरुद्ध बनेको छ ।

एक साता अघि लगाईएका ठेक्का अपारदर्शी र नियम विपरीत भएको दावी सहित स्थानीय आन्दोलनमा उत्रिएपछि नगरपालिकाले सो विषयमा छानविन र अध्यन गर्न उपमेरपवित्रा महतारा प्रसाईंको संयोजकत्वमा छानविन समिति बनाएको छ । समितिमा वडा नं २ का वडाध्यक्ष नगेन्द्र संग्रौला र वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला सदस्य रहेका छन्।

समिति गठनको घोषणा पछि पनि स्थानियले प्रदर्शन नरोकेपछि नगरपालिकाले स्थानियबासीका तर्फबाट दुई जना सदस्य थप गर्ने निर्णय गरेको छ । स्थानिय प्रतिनिधी समेत थप्ने निर्णय भएपछि प्रर्दशन हालका लागि मत्थर भएको छ । कार्यदललाई दुई साताको समयावधि दिईएको छ ।