ताप्लेजुङ / ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले हरेक वर्ष दुई जनालाई हाइड्रोपावर इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ।

गाउँपालिकाले बजेट मार्फत आगामी वर्षबाट एक छात्र र एक छात्रालाई हाइड्रोपावर इन्जिनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

आर्थिक वर्षको नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने छ ।

गाउँपालिकाले आगामी वर्षका लागि ४१ करोड १६ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ।