खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बैठकमा जनप्रतिनिधी बिच नै कुटाकुट भएको छ । अनियमितता गर्ने उधेष्यले बजेट ल्याईएको भन्दै वडाध्यक्षबीच नै कुटाकुट भएको हो ।
मेयर दीपनारायण रिजालले मनोमानी गर्ने उधेष्यले एक पक्षिय रुपमा बजेट बनाएको भन्दै बैठकमा विवाद भएको र सो क्रममा जनप्रतिनिधी बिच कुटाकुट भएको हो ।
बैठकमा वडा नम्बर ५ का वडाध्यक्ष निर्मल राई र वडा नम्बर ८ का वडाध्यक्ष लीला चौहानबीच कुटाकुट भएको हो । बिनाशीर्षकको बजेट विनियोजन गरेको पाईएपछि विवाद भएको र सो क्रममा कुटाकुट भएको एक जनप्रतिनिधीले जानकारी गराएका छन् ।
बैठकमा नगरप्रमुख रिजालले ४ करोड ३१ लाख रुपैयाँ अवस्था हेरेर खर्च गर्न पाउने गरी प्रस्ताव गरेका थिए । बैठकमा विवाद र कुटाकुट भएपछि करिव आधा जनप्रतिनीधिले नगरसभा वहिस्कार गरेका छन् ।
वडा नम्बर १२ का वडाअध्यक्ष विकाश राईले अपारदर्शी तरिकाले बजेट ल्याएकाले विवाद भएको जानकारी गराएका छन् । जनप्रतिनीधि बिच नै कुटाकुट भएपछि नगरप्रमुख रिजालले बजेटमा देखिएको समस्या समाधान गरेर अघि वढ्ने बताएका छन् ।