बिर्तामोड / रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा रहेको प्रहरीले जनाएको छ ।
मंगलबार रातिको पहिरोले रोल्पा नगरपालिका हुमामा दुई तले घर पुरीएपछि तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताएका छन् । 

सुवेदीका अनुसार पहिरोमा परी टीका बुढामगर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलको मणिपाल कलेज  लैजाने तयारी गरिएको छ ।