जाजरकोट / जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ की सुशीला नेपाली रहेकी छिन् । 

नेपाली बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेर घाइते भएकी थिइन् । उनको उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा बाटोमै मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।