एजेन्सी / इस्लामिक कट्टरपन्थी मुलुक साउदी अरबले हिन्दु धर्मसँग जोडिएको योगलाई आफ्नो मुलुकमा प्रोत्साहित गर्ने भएको छ ।

धर्म परिवर्तन र हिन्दु धर्मका विषयमा निकै निरंकुश मानिएको साउदी सरकारले हिन्दु धर्मसँग जोडिएको योग विज्ञानलाई विकास अनि विस्तारका लागि आफ्नो देश तयार रहेको जनाऊँ दिँदै भारतसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

इस्लामिक कट्टरपन्थी मुलुक साउदीले भारतसँग गरेको सम्झौता अनुसार आफ्नो मुलुकमा योगलाई मान्यता दिँदै योग शिक्षाका लागि पाठ्यक्रम समेत बनाएर लागू गर्ने बाटो खुलेको छ । अब साउदी अरबमा योगका विषयमा अनुसन्धान, शिक्षा र तालिम सञ्चालन हुनेछ  ।

साउदी सरकारको खेलकुद मन्त्रालय र भारतको आयुष मन्त्रालय मातहतको मोरारजी देसाइ नेशनल इन्स्टिच्युट अफ योगबीच यस्तो सम्झौता भएको हो ।

समझदारी पत्रमा साउदी अरवका लागि भारतका राजदूत डा औसफ सईद र साउदी सरकारको खेलकुद मन्त्रालयको नेतृत्व विकास संस्थानका निर्देशक अब्दुल्लाह फैसला हमादले हस्ताक्षर गरेका छन् ।

भारत र साउदी सरकारका निकायबीच भएको यो सम्झौताले इस्लामिक मुलुकमा योगको बिस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ । योगलाई हिन्दु धर्मसँग जोडेर इस्लामिक मुलुकले उदासीनता दुखाईरहेको समयमा भएको यो सम्झौता योग विज्ञानको विकासका लागि कोशेढुङगा हुने अनुमान गरिएको छ ।