बिर्तामोड / सर्वोच्च अदालतमा संसद् विघटन विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजबाट शुरु हुँदैछ । अदालतमा संसद् विघटन विरुद्ध ३० रिट निवेदन परेको छ ।
संसद् पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यले रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासले गर्ने छ । इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेका छन् ।