काठमाडौं / सर्वोच्च अदालतले पछिल्लो पटक भएको मन्त्री परिषद बिस्तारमा मन्त्री बनेकालाई पदमुक्त गर्ने आदेश दिएपछि संवैधानिक प्रकृया मिचेर सरकार चपाईरहेको नेकपा एमालेको ओली समूहले अदालतको आदेश अप्रत्याशित भएको प्रतिक्रिया दिएको छ ।
सर्वोच्चको आदेशका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले आदेश अप्रत्याशित भएको बताएका हुन् ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अदालतले आदेशले राष्ट्रिय राजनीतिलाई जटिल मोडमा पुर्याएको समेत बताएका छन् । उनले सर्वोच्चको आदेशका विषयमा पार्टी भित्र छलफल गरी निर्णय गरिने बताएका छन् ।