मोरङ / मोरङमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई –६ सौठाका ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । 

उनी सवार रहेको  प्र१—०२–०४३प ८०११ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरले ठक्कर दिँदा खड्का गम्भिर घाईते भएका थिए । उनको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

OM Sai Pathibhara Hospital

ट्रिपर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।