उदयपुर / उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई –७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगर रहेका छन् । 

उनी रौतामाई गाँउपालिका –१ टाट्नेमा टेलिकमको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका थिए । उनको बेलुका ५ बजे उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

OM Sai Pathibhara Hospital

ट्याक्टर र चालक रौतामाई –७ का २५ बर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् ।