इनरुवा  / सुनसरीमा भोलीबाट विहान ५ बजेबाट मध्यान्न १२ बजेसम्म सबै पसल खुल्न पाईने भएको छ । 

आज बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गर्दै पसल खोल्न दिने निर्णय गरेको हो । बैठकले जारी निषेधाज्ञालाई असार १४ गते गते सम्म निरन्तरता दिने पनि निर्णय गरेको छ ।

OM Sai Pathibhara Hospital

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले वैठकका निर्णयका विषयमा जानकारी गराउँदै भने – भोलीबाट गुद्री, सब्जी मण्डी , हाटबजार र  चिया पसल खोल्न पाईने छैन ।  होटल रेष्टुरेन्टको हकमा पनि होम डेलिभरी तथा टेक अवे मात्रै गर्न पाईने छ । 

वैठकले दुधडेरी, सब्जी, खाद्यान्न र पशुजन्य आहार ढुवानी गर्न दिने निर्णय गरेको छ । कृषि कार्य, उद्योग कलकारखाना, विकास निर्माण कार्य र  ढुवानीका साधन निर्वाध सञ्चालन गर्न पाईने निर्णय भएको ढकालले जानकारी गराएका छन् । 

अत्यावश्यक सेवा र कार्यालयको सेवाको हकमा भने यस अघिको निर्णय नै लागु हुने उनले बताएका छन् ।