सङ्खुवासभा / सङ्खुवासभाको खाँदबारीमा सेफ्टीटेङकीमा खसी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी –५ का ३७ वर्षीय ताराबिर गुरुङ र खाँदबारी –४ का २४ वर्षीय ईश्वर बहादुर राई रहेका छन् ।

उनीहरु खाँदबारी नगरपालिका –४ स्थित नरेश गुरुङको घरमा ट्वाइलेट बनाउने क्रममा आइतबार साझा साढे ६ बजे सेफ्टीटेङकीमा खसेका थिए । 

OM Sai Pathibhara Hospital

सेफ्टीटङकी खसी बेहोस भएका उनीहरूको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल खाँदबारीमा लगेको थियो ।  

घाइते दुबै जनाको उपचारको क्रममा पौने ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।