पर्सा / पर्सामा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाही गोली लागि घाइते भएका छन् । घाइते हुनेमा पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान रहेका छन् । 

गणको कार्यालय भवन पछाडिको पोस्टमा आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा खटिएका उनको ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउन्ड फायर भएर घाइते अवस्थामा भेटिएका थिए । 

OM Sai Pathibhara Hospital

उनको बायाँ चिउँडोको मुनि घाँटीको भाग र दाहिने आँखाको मुनि अनुहारको भागमा एन –१६ राइफलको गोली लागेको घाउ छ ।  घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैँले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।