बिर्तामोड / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धादिङका वन अधिकृतलाई ४० हजार नगद सहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नीलकण्ठ सव –डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले आइतबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अवरोध सिर्जना गरेर घूस माग गरेको उजुरी निवेदनको आधारमा पक्राउ गरेको बताए ।

‘पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् ।

पक्राउ परेका पौडेलले गत कात्तिकदेखि नीलकण्ठ सव –डिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।