मोरङ / मोरङको विराटनगरमा ५ लाख नगद सहित सरसामानहरू चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –११ का २९ वर्षीय सञ्जय भन्ने अंगत चौधरी र विराटनगर –६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् । 

उनीहरूलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी थान –१, कानमा लगाउने झुम्का थान –३, टिभी थान –१, मोबाइल थान –२, फलामे कराई थान –१, फलामे औजार थान –४, चाँदीको सिक्री थान –१ र नेपाली नगद ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका दुबै जनालाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।