इटहरी / मोरङको रतुवामाई नगरपालिका –१० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका –६ जुटबिकास का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ वर्षीया पुष्प प्रसाद सिग्देल रहेका छन् । 

OM Sai Pathibhara Hospital

उनीहरूलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईबेनी स – मिलबाट रकम उठाउन आएको पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले नगद ३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान –१, उठाएको रकम अभिलेख भएको डायरी थान –१, कान्तिपुर पोस्टको बजार व्यवस्थापक परिचय पत्र थान –१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान –१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान –१ बरामद गरेको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ । 

उनीहरूले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईँहरूलाई काम गर्न अप्ठ्यारो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका द्वय चौहान र सिग्देल माथि ठगी कसूरमा थप अनुसन्धान कार्य भइरहेको सो कार्यालयले जनाएको छ ।