बाजुरा / बाजुरामा भीरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका –१ की १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

उनको चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको थियो ।  किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण  उद्धार हुन सकेको थिएन । 

OM Sai Pathibhara Hospital

आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेशले किशोरीलाई उद्धारका लागि हेलिकप्टर पठाएको र आज बिहान मनाङ एयरको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए । 

उनी गाउँ नजिकै रहेको रुपासैनी भीरमा घाँस काटिरहेको बेला बुधबार साँझ लडेर ललिता गम्भीर घाइते भएकी हुन्  । उनलाई तत्काल आफन्तले बोकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए ।