धनगढी / महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटरवेल पुलको बाँध बगाउँदा ८ घर डुबानमा परेका छन् ।

शनिबार राति आएको बाढीले भीमदत्त नगरपालिका –१२ ओदाली स्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको बाँध बगाएको हो । 

OM Sai Pathibhara Hospital

उक्त पुलको बाँध बगाउँदा तटीय क्षेत्र नजिकै पर्ने दोधारा चाँदनी नगरपालिका –१० को कुतियाकबर, शान्ति टोल र बैदीफाँटाका करिब ७० घरमा क्षति पुगेको र ८ परिवार पूर्णरुपमा विस्थापित भएको प्रहरीले जनाएको छ । । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरभित्र पानी पसे पनि मानवीय तथा भौतिक क्षति नभएको बताएका छन् ।  नायब उपरीक्षक थापाका अनुसार विस्थापित भएकाहरू आफन्त घरमा बसेका छन् ।