काठमाडौँ / संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारमा हतियार प्रतिबन्ध लगाउने र आपूर्ति नगर्न प्रस्ताव पारित गरेको छ।

११९ देशले उक्त प्रस्तावको समर्थन गरेका थिए। बेलारुसले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेको थियो। ३६ देश मतदानमा सहभागी भएनन्। मतदान बहिस्कार गर्नेमा नेपाल सहित भारत, चीन, रसिया लगायतका देश थिए।

OM Sai Pathibhara Hospital

माघ १९ गते सेनाले कू गर्नै सत्तामा नियन्त्रण जमाएको थियो। त्यसयता आङ सान सूची सहित सयौं नेता एवं सर्वसाधरण सेनाको नियन्त्रणम छन्। सैन्य सरकारको विरोधमा भइरहेको प्रदर्शनमा सयौंको मृत्यु भइसकेको छ।

दैनिक रुपमा जुन्ता सरकारको विरोधमा प्रदर्शन अहिले पनि भइरहेको छ। सेनाले नागरिकमाथि दमन बढाउँदै लगेको भन्दै संयुक्त राष्ट्रसंघले म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव ल्याएको हो।

राष्ट्रसंघले सूची सहित अन्य व्यक्तिहरुलाई रिहा गर्न र दमन बन्द गर्न आह्रग समेत गरेको छ।