नयाँदिल्ली/  ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहको कोरोना भाइरस संक्रमणवाट मृत्यु भएको हो।

कोरोना संक्रमणकै कारण गत साता उनकी पत्नी निर्मल कौरको निधन भएको थियो । सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी सिंहलाई संक्रमण भएपछि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो ।

OM Sai Pathibhara Hospital

मे ३० मा अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जुन ३ मा नेहरु अस्पतालमा पुनः भर्ना गरिएको थियो । 

गत साताको बिहीबार मात्रै उनको कोभिड परीक्षण नेगेटिभ आएको थियो । उनको छोरा जीभ मिल्खा सिंहलाई इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘बुबा रहनु भएन ।’

सिंहले सन् १९५८ मा टोकियोमा आयोजित एसियाली खेलकुदमा २०० र ४०० मिटरको दौडमा स्वर्ण पदक जितेका थिए । त्यसैगरी सन् १९६२ मा जकार्तामा आयोजित एसियाली खेलकुदमा ४०० ४०० मिटर रिले दौडमा उनले स्वर्ण पदक जितेका थिए ।

मिल्खा सिंहको जीवनीमा आधारित भएर राकेश ओमप्रकाश मेहराको निर्देशनमा ुभाग मिखा भागु चलचित्र समेत बनेको थियो । जसमा अभिनेता फरहान अख्तरले सिंहको भूमिका निर्वाह गरेका थिए ।