काठमाडौं/ स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने भएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका हुन् ।

शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै सान्चेजले बहुप्रतीक्षित घोषणा गरेका हुन्।

OM Sai Pathibhara Hospital

“४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु”,समाजवादी नेता सान्चेजले भने, “अर्को बिहीबार हामी एउटा असाधारण मन्त्रिपरिषद्को बैठक आयोजना गर्छौं र बैठकमा जुन २६ देखि घरबाटबाहिर खुल्ला ठाउँमा अनिवार्य मास्क लगाउनु पर्ने नियमलाई हटाउने प्रस्ताव ल्याउँदैछौं”।

सरकारको नयाँ नियमबारेको विवरण केही दिनभित्र सार्वजनिक हुँदैछ।

गत वर्ष मे ४ देखि सबैभन्दा पहिले क्याटालोनिया क्षेत्रमा सार्वजनिक यातायातका सबै यात्रुकोलागि मास्क अनिवार्य गरिएको थियो। त्यसको दुईहप्ता पछि स्पेनिस सरकारले घरबाटबाहिर निस्किँदा खुल्ला ठाउँमा पनि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम देशभर लागु गरेको थियो।