ओखलढुंगा / ओखलढुंगाको चम्पादेवी गाउँपालिका ३ ताप्केडाँडा मा अन्तरजातीय बिवाह गरेको भन्दै आफ्नै बुवाको अन्तिम संस्कार गर्न नदिइएको पाईएको छ ।

स्थानिय मित्रबहादुर तामाङको निधनपछि उनका अन्तरजातीय बिवाह गर्ने उनका दुई छोरालाई आफ्नै बुवाको अन्तिम संस्कार गर्न नदिइएको हो ।

OM Sai Pathibhara Hospital

आफ्नै घरमा गत जेठ २९ मा निधन भएका तामाङका चार छोरामध्ये अन्तरजातीय विवाह गरेको भन्दै माइला छोरा शंकर  र कान्छा प्रदीपलाई अन्त्येष्टिमा जानबाट रोक लगाईएको हो ।

वडाअध्यक्ष बलबहादुर तामाङले नै स्थानियलाई उचालेर आफ्ना बुवाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागि हुन नदिइएको शंकर र प्रदीपले बताएका छन् ।

वडाअध्यक्षले नै स्थानियलाई उकासेर आफ्ना बुबाको अन्त्येष्टि स्थलबाटै फर्कन बाध्य बनाएको उनीहरुले बताएका छन् ।

समुदायका पुरोहित लामाले नै सहभागि हुन दिने भन्दा पनि वडाअध्यक्ष तामाङ नेतृत्वको समूहले सहभागि हुन नदिएको उनीहरुले दावी समेत गरेका छन् ।

वडाअध्यक्ष तामाङले भने मृतकका छोरालाई अन्तिम संस्कारमा सहभागि हुन नरोकेको दावी गरेका छन् । उनले दाजुभाइकै सल्लाहमा उनीहरु सहभागि नभएको दावी समेत गरेका छन् ।