मोरङ / मोरङको सुनवर्षि नगरपालिका –८ हर्चनगडीमा हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृतयु हुनेमा कुडेली घर भएका २० बर्षका मनोहर मिया रहेका छन् । 

 शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न जादाँ उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । घाइते भएका मनोहर को उपचारका क्रममा विराटनगर स्थित न्युरो अस्पताला मृत्यु भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जंगली हात्ती भारतबाट नेपाल प्रवेश गरेर बिहानै रंगेली –५ स्थित आमगाछी हुदै सिक्टी क्षेत्रमा पुगेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।