विराटनगर / मोरङमा नेपाली काँग्रेसका कार्यकर्ताले मापदण्ड विपरीत क्रियाशिल सदस्य वितरण गरेको भन्दै काँग्रेसको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाली काँग्रेसले मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ मा क्रियाशिल सदस्य वितरण गरेको थियो । 

नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ इकाई विराटनगर  र काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पुसेट  विराटनगरले काँग्रेसको क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।

OM Sai Pathibhara Hospital

विद्यार्थी नेता योगराज दाहालले काँग्रेसको क्षेत्रीय कार्यालयले तानाशाही ढंगले क्रियाशिल सदस्यहरुले पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई क्रियाशिल सदस्य दिएको भन्दै उनीहरुले विराटनगर ४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको जानकारी दिए ।

 ‘बुथबाट सिफारिस गरि पठाएका नामावालीहरुलाई पाखा लगाइ मनोमानी ढंगले क्रियाशिल सदस्य वितरणको घटनाप्रति खेद व्यक्त गर्न चाहन्छौं,’ नेपाल विद्यार्थी संघ पुसेटका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति मिलन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयमा तलाबन्दी गरेपछि क्षेत्रीय कार्यालयले क्रियाशिल सदस्यता वितरणको विषयमा छानविनको लागि काँग्रेसको केन्द्रीय क्रियाशिल सदस्यता छानविन समिति, काँग्रेसको केन्द्रीय कार्यसमिति र काँग्रेसको मोरङ जिल्लामा पनि बोधार्थ पठाएका छन् ।