बिर्तामोड / मनाङमा परेको हिमपात र बाढी–पहिरोमा परी यार्चागुम्बा टिप्न गएका ६० जना बेपत्ता भएका छन् । 

फू गाउँको लेकमा यार्चागुम्बा संकलन गर्न १ सय १० जना गएका थिए ।  १ सय १० मध्ये ६० जना सम्पर्कविहीन भएका मनाङका डीएसपी सुवास खड्काले बताए । उनका अनुसार उक्त क्षेत्रमा गत सोमबारदेखि निरन्तर पानी परिरहेको छ ।

OM Sai Pathibhara Hospital

उनीहरू गएको ठाउँमाथि हिमालमा हिमपात भएको र यार्चागुम्बा खोज्ने ठाउँमा पनि बाढी आएको डीएसपी खड्काको भनाई छ ।

फू गाउँबाट दुई दिन लाग्ने लेकतिर उनीहरू गत १५ जेठमा गएका थिए । ‘१ सय १० जनामध्ये नामयुङ लेक गएका ५० जना मात्र सम्पर्कमा छन्’, खड्काले भने, ‘लघु लेक र कुलुङ लेक गएका ३०र३० जनाको अवस्था अज्ञात छ ।’ यो क्षेत्र समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा पर्छ ।