काठमाण्डौ/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्।
बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले
विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिएकाछन्।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। यो धारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
त्यसै अनुसार मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिन लागेका हुन्। यसका लागि उनले बुधबार नै प्रदेश सभामा प्रस्ताव दर्ता गराएका थिए।
मुख्यमन्त्री पोखरेललाई नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सहित ३१ जना सांसदको समर्थन छ।