बिर्तामोड / नेपालका लागि नेपाली पार्टीले वाढी पहिरोका कारण भएको क्षति प्रति दुख व्यक्त गर्दै सरकारलाई उद्धार , व्यवस्थापन र उपचारमा सकृय बन्न आग्रह गरेको छ ।

पार्टीका प्रवक्ता डा. विजय मिश्रले एक विज्ञप्ति जारी गरी विपतको यो घडीमा उद्धार, संरक्षण ,उपचार र सहयोगमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई सकृय बन्न आग्रह गरेका हुन् । वाढी तथा पहिरोका कारण घरवार गुमाएकाको तत्काल व्यवस्थापन गर्न पनि सो पार्टीले माग गरेको छ ।

OM Sai Pathibhara Hospital

विपतको समयमा सरकार एक्लैले केहि पनि गर्न नसक्ने भन्दै विज्ञप्तिमा मानवताको नाताले सबैलाई आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न पनि आमजनतालाई अपिल गरिएको छ ।

मुलुक वर्षेनी बाढी तथ पहिरोको चपेटामा पर्ने गरेकाले वाढी तथा पहिरोबाट हुने जनधनको क्षति रोक्नका लागि दिर्घकालीन समाधानको उपाय खोज्न पनि सरकारसँग सो पार्टीले माग गरेको छ ।

जारी विज्ञप्तिमा विकासका लागि पुर्वाधार निर्माण र घर निर्माण गर्दा जोखिमको पूर्व अनुमान गरेर मात्रै निर्माण गर्न दिने कानुनी व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिईएको छ । विपदपछि राहत बाँड्ने परम्परागत प्रणालीको अन्त्य गर्दै विपद्कै पर्न नदिने उपायको खोजी गर्न पनि सरकारलाई जारी विज्ञप्तिमा सुझाव दिईएको छ ।