विराटनगर / मोरङको कानेपोखरी –१ होक्लाबारीकी ३२ वर्षीय सरीता सोरेनको हत्यामा उनकै प्रेमी संलग्न रहेको खुलासा भएको छ । घटनाका विषयमा अनुशन्धान गरीरहेको प्रहरीले भारतबाट उनकै प्रेमी रतुवामाई –६ का ३० वर्षीय सुफल हस्तालाई पक्राउ गरेपछि सो कुराको खुलासा भएको हो ।

हत्याको ४५ दिनपछि अनुसन्धानमा संलग्न प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा उनकै प्रेमी हस्तालाई भारतबाट पक्राउ गरेर ल्याएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेको र थप अनुशन्धान भईरहेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

गत वैशाख १९ गते रतुवामाई –४ भद्र चौक स्थित रामप्रसाद भण्डारीको मकैबारीमा सरिता अर्धनग्न अवस्थामा मृत भेटिएकी थिईन् ।

अनुसन्धानमा संलग्न प्रहरीले केहि वर्ष अघि श्रीमानको मृत्यु पछि विधवा हुन पुगेकी सरिता सरिता विवाहित भएको र विगत केहि वर्षयता हस्मासँग उनको प्रेम सम्वन्ध रहेको जानकारी गराएका छन् । पक्राउ परेका सुफल पनि विवाहित भएको र सरिताले विवाह गर्न दबाव दिएका कारण उनको हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी स्रोतले जानकारी गराएको छ ।  

होक्लाबारीका योगेन्द्र थापाको गाई फार्ममा काम गर्दै आएकी सरितालाई भेट्न बोलाएर सुफलले हत्या गरेको प्रहरी स्रोतले बताएको छ । दुई महिना लामो अनुशन्धान गरेको प्रहरीले हत्या सुफलले गरेको प्रमाणित हुने प्रमाण फेला पारेपछि भारतको आग्रा पुगेर उनलाई पक्राउ गरी नेपाल ल्याएको हो ।